शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेका यी नेताले निकाले संयुक्त वक्तव्य, पार्टी एकता जोगाउन गरे आह्वान

एमालेका यी नेताले निकाले संयुक्त वक्तव्य, पार्टी एकता जोगाउन गरे आह्वान

 

 

काठमाडौं । माधव नेपालको साथ छोडेका एमालेका ९ जना नेताहरूले पार्टी एकता जोगाउनका लागि आह्वान गरेका छन् । शुक्रबार राति संयुक्त वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन । उनीहरुले पार्टीको एकतालाई जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिकालाई कायम राख्न पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई सक्रियताका साथ योगदान गर्न आह्वान गरेका छन । उनीहरूले गत बुधबार सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मागसमेत गरेका छन् । जारी अध्यादेशले नेपालको कम्युनिस्ट आन्दोलनको हित हुन नसक्ने उनीहरूको तर्क छ ।

उनीहरूले कार्यदलले तयार पारेको १० बुँदे सहमति तत्काल कार्यान्यन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । यस्तै, माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्न पनि माग गरिएको छ । यता, नेता नेपालले पनि दल दर्ता प्रक्रियालाई स्थगित गर्नुपर्ने उनीहरूको माग छ ।

ूपार्टी विभाजनबाट कसैको पनि हित नहुने तथ्यलाई मनन गर्दै पार्टी अध्यक्षको तर्फबाट विवेक र जिम्मेवारीबोधका साथ १० बुँदे सहमतिलाई यसको अक्षर र भावना अनुरूप तत्काल कार्यान्वयन गरियोस् । साथै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जना सांसदमाथिको कारबाही फिर्ता गरियोस् र उहाँहरूबाट पार्टी खोल्नका लागि निर्वाचन आयोगमा सुरु गरिएको प्रक्रिया तत्काल रोकियोस् भनी हामी हार्दिक आग्रह गर्दछौँ,ू वक्तव्यमा भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend