शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालले यसरी खुलाए एमालेबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गर्नुको वास्तविकता !

माधव नेपालले यसरी खुलाए एमालेबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गर्नुको वास्तविकता !

 

 

Breaking काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेमा एकताको ढोका बन्द भएपछि विद्रोह गरी नयाँ पार्टी स्थापना गर्न बाध्य भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै नेपालले यस्तो बताएका हुन । उनले एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले) को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी) गठन गरेको बताएका छन ।

 

 

नेता नेपालले नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा राखेको समेत उल्लेख गरेका छन् ।

दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला÷सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने समेत उनले जानकारी गराएका छन् ।

उनले लेखेका छन् , ‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्‍याउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend