शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

खिमलाल भन्छन् – माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गर्न मिल्दैन

खिमलाल भन्छन् – माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गर्न मिल्दैन

 

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटाले माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गर्न नमिल्ने बताएका छन् । तथ्य र प्रमाणबिना प्रतिशोध साँध्नका लागि लेखिएको चिठीका आधारमा सभामुखले सांसदलाई कारबाही गर्न नमिल्ने देवकोटाले उल्लेख गरेका छन् । ‘सभामुख संसद्को सर्वोच्चता जगेर्नाको पहरेदार मात्र होइनन्,’ देवकोटाले फेसबूकमार्फत भनेका छन्, ‘आप्mना सांसदहरुको अभिभावक पनि हुन् ।’

कारबाही नै गर्ने हो भने पनि यसको विधि फरक हुनसक्ने देवकोटाले औंल्याएका छन् । देवकोटाले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (२) अनुसार संसद्मा विश्वाश लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रीय कमिटी कुनैमा पनि छलफल निर्णय भएको छैन सभामुखलाई लेखेको चिठी र संलग्न कागजात अनुसार ।’

चिठी लेख्नेबित्तिकै सभामुखमाथि हुलहुज्जत गर्न नहुनेसमेत देवकोटाले बताएका छन् । देवकोटाको प्रश्न छ, ‘चिठी लेख्नेबित्तिकै किन कारबाही गरिनस्÷सूचना टाँसिनस् भनेर सभामुखमाथि हुलहुज्जत गर्न मिल्छ ? ’

नेकपा एमालेको गत भदौ १ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका वरिष्ठ नेता नेपालसहितका १४ सांसदलाई कारबाही गर्ने निर्णय गर्दै संसद् सचिवालयलाई चिठी लेखेको थियो । तर, सभामुख सापकोटाले उक्त चिठीको व्यहोरालाई कार्यान्वयन गरेका छैनन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend