शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ठाकुर पक्षले पनि टुंग्यायो  पार्टीको नाम, लोसपा नेपाल प्रस्ताव

ठाकुर पक्षले पनि टुंग्यायो  पार्टीको नाम, लोसपा नेपाल प्रस्ताव

 

काठमाण्डौं । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर ठाकुर पक्षले २ भदौमा जसपा (लोकतान्त्रिक) पार्टी गठन गरेको थियो। त्यहि नाम दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

तर, निर्वाचन आयोगले जसपा नेपालसँग मिल्दोजुल्दो भएको जनाउँदै नयाँ नाम दिन सुझाएको थियो। त्यसपछि आज ठाकुर पक्षले लोसपा नेपाल नाम प्रस्ताव गरेको हो।

ठाकुर पक्षका नेता जितेन्द्र सोनलले नयाँ नाम टु‌ंगो लागेको बताए। उनले भने, “हामीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नाम टुंग्याएका छौं, ।”

नयाँ नामसहित ठाकुर पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। ठाकुर पक्षले दिएको निवेदन दर्ता भएको आयोगले जनाएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend