शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रदेश २ मा एमाले बलियो की एमाले समाजवादी ? आयो यस्तो कुरो !

प्रदेश २ मा एमाले बलियो की एमाले समाजवादी ? आयो यस्तो कुरो !

 

 

काठमडौ । नेकपा एमाले विभाजन हुँदा प्रदेश २ मा नेकपा एमाले समाजवादी पक्ष बलियो देखिएको छ । प्रदेश २ मा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पक्ष बलियो भन्दै दावी गरिरहेका छन् । तर पछिल्लो समय धेरैजसो प्रदेश २ का सांसदहरु नेकपा समाजवादीमै खुलेको पाइएको छ ।

एमाले समाजवादीका अध्यक्ष नेपालको गृहजिल्ला भएको प्रदेश भएकाले पनि उक्त पार्टीमा सांसदहरु खुल्ने अनुमान गर्न सकिन्छ । हालसम्म प्रदेशका १३ सांसद माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा खुलेका छन् भने एमालेमा ८ सांसद रहेको बताइएको छ । प्रदेश २ मा एमाले बलियो की एमाले समाजवादी ? भन्र्ने प्रश्न उठिरहेका बेला एमाले समाजवादीमा खुलेका बुझिएको छ ।

एमाले समाजवादी कित्तामा खुलेका प्रदेश सांसदहरु गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, शत्रुधन महतो, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ रहेका छन् ।

एमाले समाजवादीले कानूनी रुपमा वैधता पाएपछि सरकारमा सहभागी हुने समेत तयारी भइरहेको एक नेताले बतए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend