फाइल फोटो
काठमाण्डौं । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टी एकताको लागि आफू अझै पहल गर्ने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच सहमति कायम गराउनेगरि आफूले छलफल थालेको स्पष्ट पारेका छन् ।
उनले पार्टी विभाजनको पक्षमा नरहेको जिकिर गरे । उनले भने,‘ म अझैपनि पार्टी एकताको पक्षमा छु । दुई चार दिन यसको लागि काम गर्छु । तर, म विभाजनको पक्षमा छैन् ।’ हिजोमात्रै माधव नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ताको लागि निवेदन दिईएको छ । उक्त दलमा साविक नेकपा एमाले का ५८ जना केन्द्रीय सदस्य छन् । नेपाल नेतृत्वका दलमा ९५ सदस्यीय केन्द्रीय कमिटी बनाईएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend