काठमाडौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी)लाई समर्थन गर्ने जनाएका छन्।
एकता अभियानको कार्यसम्पादन समितिको बिहीबारको भर्चुअल बैठकमा गौतमले नेपाल नेतृत्वको एमाले समाजवादीलाई समर्थन गरेर अघि बढ्ने बताएका हुन्।
एकता अभियानका सचिव बाबुराम थापाले गौतमले बृहत् कम्युनिस्ट एकतामा जोड दिँदै नेपाल पक्षको समाजवादी पार्टीलाई साथ दिने बताए। उनले बृहत एकताका लागि एमाले समाजवादीसँग संवाद गर्ने कुरा भएको जानकारी दिए।
त्यसका लागि आवश्यक गृहकार्य गर्न गौतमले अभियानका सहसंयोजक हरि पराजुली र सचिव थापालाई जिम्मा दिएका छन्। कार्यसम्पादन समितिको अर्को बैठकले आवश्यक निर्णय लिने थापाले जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण एकतामा समस्या भए पनि बृहत् कम्युनिस्ट एकताका लागि पहल जारी राख्ने निष्कर्षमा गौतम पुगेको बताइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend