शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेपाल समूहमा गएका नेताहरुलाई पार्टीमा फर्किन ओलीको आह्वान

नेपाल समूहमा गएका नेताहरुलाई पार्टीमा फर्किन ओलीको आह्वान

 

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहमा गएका नेताहरुलाई पार्टीमा फकर्न आह्वान गरेका छन् ।

एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गरेका हुन् ।

उनले माधव पक्षमा गएका नेताहरुको भविष्य अन्धकार रहेको तर्क गर्दै आफ्नो पार्टीमा रहेका नेताहरुलाई आवश्यक जिम्मेवारी दिइने बताए । अध्यक्ष ओलीले अहिलेको सरकारले गलत प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको आरोप लगाए । अध्यक्ष ओलीले अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको भन्दै तमासा मात्र गरेको बताए ।

त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको भन्दै एमालेलाई ध्वस्त गर्ने प्रतिकृयावादीको कदम सफल नहुने दावी गरे । उनले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गर्दै संसदलाई छल्न खोजिएको आरोप लगाए ।

अध्यक्ष ओलीले नेकपा एमालेमाथि तानाशाही, गौर कानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने भन्दै चेतावनी दिए । कार्यक्रममा एमालेका युवा नेता महेश बस्नेतले दलीय अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गरिएका १४ सांसदलाई कारवाही नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend