काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका छन् । एक अनलाइन संग कुरा गर्दै नेम्वाङ्गले नेपाललाई फर्किन आग्रह गरेका हुन् ।
आफू पहिलेदेखि नै एकताको पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘अझै पनि म एकताकै पक्षमा छु, म त उहाँ (नेपाल)लाई अझै यही आग्रह गर्छु । केही बिग्रेको छैन, पार्टीमै फर्किनुस् भनेर ।’
नेता नेम्वाङ्गले नेपाल समूहमा एमालेको सानो हिस्सा मात्रै गएको दाबी गरे । ‘हिजो उही कित्तामा उभिनुभएको साथीहरूले उहाँ (नेपाल)को साथ छोडिसक्नुभएको छ,’ नेता नेम्वाङ्गले भने, ‘तै पनि यति राम्रो पार्टीलाई विभाजन गरेर के पाइन्छ र ? आउनुस् तपाईं पनि भनेर मैले आग्रह गरेको छु ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend