शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बाबुरामले दिए माधव नेपाललाई बधाइ, भने एमालेलाई ‘थोत्रिएको घर’

बाबुरामले दिए माधव नेपाललाई बधाइ, भने एमालेलाई ‘थोत्रिएको घर’

 

 

काठमाण्डौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले माधव नेपाललाई नयाँ पार्टी बनाएकोमा बधाइ दिएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिएका हुन्। उनले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताएका छन्।

‘ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयॉ घर बनाउने अभियानमा लाग्नुभएका माधव नेपाल र साथीहरुलाई बधाइ तथा शुभकामना,’ नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न। अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend