शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओलीसँग वार्ताका लागि घनश्याम भुसाल पुगे बालकोट, माधबलाई दिएनन् साथ !

ओलीसँग वार्ताका लागि घनश्याम भुसाल पुगे बालकोट, माधबलाई दिएनन् साथ !

 

 

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि घनश्याम भुसाल बालकोट पुगेका छन् । मंगल बार सरकारले दलसम्बन्धी अध्यादेश सिफारिस गरेलगत्तै भुसाल एमाले विभाजन गर्न नहुने भन्दै एमाले एकताका लागि सक्रिय बनेका थिए । बुधबार नेपाल पक्षका नेताहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाँदा भुसालले एमाले एकताका लागि अन्तिम प्रयास गर्न नेपालसँग आग्रह गरेका थिए ।नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवाद) पार्टी दर्ता भइसकेपछि बुधबार साँझ भुसालले ओली निवास बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका छन् । ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको ओलीनिकट एक नेताले जानकारी दिए । भुसालले मंगलबार पनि ओलीलाई भेटेर नेपालसहित १४ जनामाथिको कारबाही फिर्ता लिएर लचकता अपनाउन आग्रह गरेका थिए ।

एमाले विभाजन रोक्न सक्रिय रहेका दोस्रो तहका नेताहरूको तर्फबाट भुसालले ‌‌‌ओलीसँग १० बुँदे सहमति कार्यन्यवयन गर्दै अझै पनि एमाले विभाजन रोकेर नेपाललाई फर्काउन सुझाव दिन बालकोट गएको विघटित कार्यदलका एक नेताले बताए । नवौं महाधिवेशनहुँदै नेकपाकालदेखि नै नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजन नगर्न नेपाललाई आग्रह गरे पनि नेपाल स्थायी कमिटीका थोरैमात्र संख्याका नेताका साथमा नयाँ पार्टीको अध्यक्ष बनेका छन् ।

नेपाल पक्षमै खुल्दै आएका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, भीम रावल, भीम आचार्यलगायत दोस्रो तहका नेताले पनि नेपाललाई साथ दिएका छैनन् । १० बुँदे सहमतिको कार्यन्वयन गराउँदै एमाले एकता गर्ने पक्षमा रहेका नेताहरूको तर्फबाट भुसालले ओलीसँग वार्ता गरेका हुन् । इकागजबाट साभार

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend