काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने बताएका छन ।
माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन । उनले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी गरे । नेता भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजन गर्ने प्रक्रिया अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको टिप्पणी गरेका छन् । उनले भने, ‘ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन् । यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन ।”
राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण उनले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले आरोप लगाए । नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको भट्टराईको भनाई छ ।
‘
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend