शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेस नेता गगन थापाले नै भने-संसद छल्दै अध्यादेश ल्याउनु गलत

कांग्रेस नेता गगन थापाले नै भने-संसद छल्दै अध्यादेश ल्याउनु गलत

 

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन । सामाजिक सन्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन ।

अहिलेको सरकारले ल्याएको अध्यादेशको समर्थन गर्नेले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।

सामाजिक सन्जालमा लेख्दै थापाले भनेका छन् ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन , हुँदैन भन्दै उनले समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्ने बताएका छन् । ओलीले ल्याएको अध्यादेशको समर्थन गर्नेहरुलाई अहिले अध्यादेशको विरोध गर्ने हक नभएको थापाको टिप्पणी छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend