शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधब नेपाल समूहले नयाँ दल दर्ता गर्ने, दर्ताको तयारीका लागि छलफल

माधब नेपाल समूहले नयाँ दल दर्ता गर्ने, दर्ताको तयारीका लागि छलफल

 

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ दल दर्ताको तयारीमा जुटेको छ । आज (बुधबार) बिहान नेता नेपाल समूहका स्थायी कमिटि सदस्यहरुबीच नयाँ दल दर्ताको तयारीका लागि छलफल भएको छ । नयाँ दल दर्ता गर्न छलफलमा एकमत भइसकेको स्रोतको दावी छ । नयाँ दल दर्ताका लागि निर्णय गर्न दिउँसो केन्द्रीय कमिटी र सांसदहरुको बैठक तय भएको बताइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि वरिष्ठ नेता नेपाल समूह नयाँ दल दर्ताको तयारीमा जुटेको हो ।

ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ । नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा नरहेको नेताहरूको भनाइ छ । तर, ओलीले पेलेर जाने संकेत गरेपछि नेता नेपाल समूह नयाँ दल दर्ताको तयारीमा लागेको हो ।

विगतका निर्णयहरू ओलीले मंगलबारसम्म नसच्याए फुटको औपचारिक प्रक्रिया सुरु हुने नेपाल समूहले हिजै प्रष्ट पारेको थियो । नेपाल समूहको मंगलबार बसेको सांसदहरुको बैठकले ओलीले गरेको एकलौटी निर्णय फिर्ता नलिए औपचारिक प्रक्रिया सुरु हुने निष्कर्ष निकालेको थियो ।

नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नयाँ दल दर्ता गर्ने बताइएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पार्टी फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend