शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

गोकर्ण विष्टले भने-अध्यादेश ल्याउने सरकारको निर्णय प्रतिगामी, फिर्ता लिन बाध्य पारौँ

गोकर्ण विष्टले भने-अध्यादेश ल्याउने सरकारको निर्णय प्रतिगामी, फिर्ता लिन बाध्य पारौँ

फाइल फोटो

काठमाण्डौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णय प्रतिगामी भएको बताएका छन।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर सचिव विष्टले सरकारले ल्याउन लागेको अध्यादेशलाई फिर्ता लिन बाध्य पार्न अपिल पनि गरेका छन । नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको भन्दै यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने उल्लेख गरेका छन ।

दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने कामले राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने विष्टले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend