काठमाडौँ । अध्यादेश को विषयलाई लिएर नेताहरुबीच चर्काचर्की परेको छ । नेकपा एमालेका नेता माधवकुमार नेपालले बोलाएको आफू पक्षीय नेताहरुको भेलामा यस्तो चर्काचर्की भएको हो ।
एमालेका केही नेताहरुले अझै पार्टी एकताका लागि संघर्ष गर्नुपर्ने बताएका छन् भने केही नेताहरुले नयाँ पार्टी निर्माणमा जोड दिएका छन् ।
एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टी निर्माण गर्नुभन्दा पहिला पार्टी एकताका लागि संघर्ष गर्नुपर्ने सुझाव राखेका थिए । तर नेता नेपालले ओली अब नसुध्रिने भन्दै रावलको भनाइको प्रतिवाद गरेका थिए । त्यस पछि नेताहरु बीच चर्को बिवाद उत्पन्न भएको थियो । नेपालले आफ्नो कुरा नमानेपछि रावल बैठक छोडेर बाहिर निस्किएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend