शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

भीम रावलले गरे माधव नेपाललाई साथ नदिने निर्णय

भीम रावलले गरे माधव नेपाललाई साथ नदिने निर्णय

 

 

काठमाण्डौं । देउवा सरकारले दल फुटाउने अध्यादेश ल्याउदैँछ । आज अथवा भोली अध्यादेश ल्याउन हतार हतार संसद अधिवेशन बन्द गरेपछि देशको राजनीति तातेको हो ।

एमाले विभाजन हुने लगभग पक्का जस्तै भएको अवस्थामा को–कता भन्ने चासो पनि बढ्दै गएको छ ।एमाले विभाजन भएको अवस्थामा एमाले उपाध्यक्ष भिम रावलले माधव कुमार नेपाललाई साथ नदिने निर्णय गरेको स्रोतले दाबी गरेको छ ।

एमाले उच्च स्रोतले दिएको जानकारी अनुसार उपाध्यक्ष भिम रावलले कुनै पनि हालतमा एमालले विभाजन गर्ने कुरा स्विकार्य नहुने बताउँदै ओली सँगै रहने निधो गरेका हुन् ।

भिम रावलले कित्ता क्लियर गरे पनि यस अघि एमाले एकताका पक्षमा जोडतोडले लाग्ने नेताहरु योगश भट्टराई , गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेहरुले के गर्छन भन्ने चासो सर्वत्र रुपमा उठेको छ । अन्तिम समय मा उनीहरुले निर्णय लिने वुझीएको छ । योगेश भट्टराई अहिले आमाको निधन भएका कारण शोकमा रहेका छन् भने विष्टले कित्ता क्लियर गरिसकेका छैनन् ।

एकताकै पक्षमा रहेका नेताहरु सुरेन्द्र पाण्डे र भिम आचार्य झलनाथ खनाल सँग फाइनल कुरा गर्न दिल्ली गएका छन् । खनालले ओली सँग रहन नसकिने र पार्टी विभाजन गरेरै जानुपर्ने अडा राखेपछि उनीहरु निरास भएर फर्किएका छन्। अव उनीहरुले यसबारेमा के गर्ने भनेर सोचेर निर्णय लिने बताइएको छ ।

यता नेकपा एमालेबाट विभाजित भई बन्न लागेको नयाँ दलको खाका तयार भएको छ । दलको सम्पूर्ण डकुमेन्ट तयार भइसकेको छ ।

विश्वस्त स्रोतका अनुसार नयाँ दलको नाम समेत जुरिसकेको छ । कम्युनिस्ट र समाजवादी शब्द राख्ने गरी यसलाई अन्तिम टुंगो माधव नेपाल र बामदेव गौतम बसेर गर्दैछन् । उनीहरुले दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालसँग पनि परामर्श गर्ने बुझिएको छ । माधव नेपाल

नयाँ दलका लागि डकुमेन्ट घनश्याम भुसालले तयार गरेका हुन् । भुसाललाई नै नयाँ दलको महासचिव बनाउने गरी नेपाल र गौतमले सहमति बनाएको विश्वस्त स्रोतल बताएको छ । सुरेन्द्र पाण्डेको पनि नाम आएकोमा उनी नेपाल पक्षमा आउने नआउने टुंगो लागेको छैन ।

यसैगरी, नयाँ दलमा माधव नेपाल नै अध्यक्ष रहने बुझिएको छ । झलनाथ खनाल र बामदेव गौतमले वरिष्ठ नेता या सहअध्यक्षमध्ये कुनै पद पाउने बुझिएको छ ।

एमालेमा रहँदा स्थायी कमिटीमा रहेका र केन्द्रीय कमिटीमा रहेकाहरुले महत्वपूर्ण जिम्मेवारी पाउने गरी तयारी गरिएको छ । सांसद भएकाहरुले पनि पार्टी कमिटीमा महत्वपूर्ण जिम्मेवारी पाउने बुझिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend