फाइल तस्बिर
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सिलाल भवनमा बस्ने स्थायी कमिटी एक सदस्यले जानकारी दिए ।
सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चापछि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् । सोमबार बेलुकी स्थायी कमिटीका नेताहरु ओली निवास बालकोट पुगेका थिए ।
त्यस्तै संसदीय दलको बैठक दिउँसो २ बजे संसद्को ल्होत्से हलमा बस्ने राष्ट्रिय सभाका सांसद खिमलाल भट्राईले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend