शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले विभाजन गराउन खोजिँदैछः केपी शर्मा ओली

एमाले विभाजन गराउन खोजिँदैछः केपी शर्मा ओली

 

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले स्थायी कमिटीको ‘आकस्मिक बैठक’मा सम्बोधन गर्दै नेकपा एमाले विभाजनका लागि अनेक षड्यन्त्र भइरहेको बताएका छन । उनले भक्तपुर बालकोटस्थित निवासमा सोमबार राति बसेको एमाले स्थायी कमिटीको ‘आकस्मिक बैठक’मा पार्टीलाई विभाजन गराउन अनेक षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले संसद अधिवेश अन्त्य गरेर अहिलेको अवस्थामा एमालेलाई विभाजन गर्नका लागि सरकारले अध्यादेश ल्याउन खोजिएको बताए ।

उनले भने,’सरकारले हठातमा संसदको अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको देखियो ।’

संसद अधिवेशन अन्त्य भएपछि एमाले अध्यक्ष ओलीले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका थिए। बैठकमा एमालेलाई विभाजन गराउन नै सरकारले हठातमा अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको उनले दाबी गरेका थिए ।

नेकपा एमाले पार्टी कार्यालय सचिव एवं सांसद शेरबहादुर तामाङले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आकस्मिक बैठक बसेको जानकारी दिए। स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजे बस्ने उनले जाकारी दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend