शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै एमालेले बोलायो आकस्मिक बैठक

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै एमालेले बोलायो आकस्मिक बैठक

 

 

काठमाडौं । नेकपा एमालेले भोली बिहान स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । मंगलबार बिहान एघार बजे स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठक पछि संसदीय दलको बैठक बस्दैछ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दुवै बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । ‘राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बोलाइएको हो’, प्रमुख सचेतक विशाल भट्टराईले भने ।

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् । ‘संसद् अन्त्य गरिएकाले नियमित बैठक बस्न लागेको हो । संसद् अधिवेशन अन्त्य हुँदा र शुरु हुँदा दलको बैठक बस्नु नियमित प्रक्रिया नै हो’, भट्टराईले भने ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend