शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अध्यादेश ल्याउने सुइँको पाए लगत्तै एमाले शीर्ष नेता ओली निवास बालकोटमा

अध्यादेश ल्याउने सुइँको पाए लगत्तै एमाले शीर्ष नेता ओली निवास बालकोटमा

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेला भएका छन् । सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेपछि अब पार्टीको रणनीति के हुने भन्नेबारे छलफल गर्न नेताहरु ओली निवास जुटेका हुन ।

सरकारले राजनीतिक दल विभाजन खुकुलो बनाएर अध्यादेश ल्याउने सुइको पाए लगत्तै एमाले शीर्ष नेताहरू ओली निवास बालकोटमा जम्मा भएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मध्यरातिबाट संघीय संसद्को अधिवेशन अन्त्य गदै छन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पार्टी फोड्न सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना पाएपछि के गर्ने भन्ने आन्तरिक रणनीति तय गर्न ओली लागेका हुन् ।

महासचिव ईश्वर पोखरेलसहितका नेताहरू बालकोट पुगिसकेको स्रोतले जानकारी दियो । छलफलमा अध्यादेश आएमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल हुने एक नेताले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend