शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्री देउवाद्वारा डा उपाध्यायलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण प्रत्र हस्तान्तरण

प्रधानमन्त्री देउवाद्वारा डा उपाध्यायलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण प्रत्र हस्तान्तरण

 

 

काठमाण्डौं । डा. डीआर उपाध्यायले एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई यो रेकर्ड हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको संक्षिप्त कार्यक्रममा डा. उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गिनिजबुकको मिडिया कोर्डिनेरको प्रमाणपत्र हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल, प्राइम टेलिभिजनका नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुईंटेललाई प्रधानमन्त्री देउवाले प्रदान गर्नुभएको थियो ।
विश्वकीर्तिमानी डा. उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी प्रधानमन्त्री समक्ष राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।
डा. उपाध्यायले नेपालमा भएका विभिनन दैनिकहरूमा २०७८ साल असार १५ गते मंगलबार तदनुसार २९ june २०२१ का दिन ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख ३६ राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुभएको थियो । यसअघि यो विश्व रेकर्ड वेलायतका Chris Geiger (क्रिस जिगर)को नाममा रहेको थियो । जिगरले क्यान्सर जागरुकताका बारेमा लेख प्रकाशन गर्नुभएको थियो । उहाँका १९ राष्ट्रिय दैनिकमा लेख प्रकाशित भएको थियो ।
‘मैले कामय गरेको यो विश्व रेकर्ड नेपालको गौरव बढाउने उद्देश्यका लागि होे’, डा. उपाध्यायले भन्नुभयो । डा. उपाध्यायले यसअघि गीत संगीत तथा विभिन्न विधामा ५१ विश्व रकेर्ड कायमगरी नेपालको गौरव बढाउनुभएको छ । उपाध्यायका एक दर्जन जति उपन्यास प्रकाशित छन् भने तीन गीति सङ्ग्रह प्रकाशित छन् । यस्तै उहाँका २४ एल्बमका सयौं गीत स्रोता/दर्शकमाझ रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend