शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आज रातिबाट संसद अधिवेशन अन्त्य हुँदै

आज रातिबाट संसद अधिवेशन अन्त्य हुँदै

 

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको चालु अधवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

यो सँगै सोमबार राति १२ बजेबाट प्रतिनिधिसभाको अधिवेशन अन्त्य हुने छ । यसअघि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै साउन ३ गते संसद बैठक राख्न आदेश दिएको थियो ।

प्रतिनिधिसभाको उक्त बैठककै दिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पनि लिएका थिए ।

त्यसयता प्रतिनिधिसभको बैठक नियमित बस्दै आएको थियो । यद्यपि सरकारले संसदलाई पर्याप्त विजनेस नदिएको भन्दै गुनसोहरु आइरहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend