काठमाण्ठौं । राप्रपा अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति सम्मान बढेको टिप्पणी गरेका छन । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले अफगानिस्तानको घटना देख्दा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आफ्नो सम्मान बढेको बताएका हुन् ।
उनले अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोडेर भागेको र तालिवानीले सत्ता कब्जा गर्न लागेको देख्दा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका छन् । अध्यक्ष थापाले राजा र राष्ट्रपति बिचको फरक बताउदै २०६३ पछि देशभित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने ज्ञानेन्द्रको निर्णय दूरदर्शी रहेको बताएका छन् ।

उनले लेखेका छन् ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ। २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो ।’
विद्रोही संगठन तालिवानले धम्की दिएपछि आइतबार नै अफगानिस्तानका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमरुल्ला सालेहले देश छाडेका छन् । अहिले तालिवानले अफगानिस्तानको राष्ट्रपति कार्यालय पनि कब्जा गरिसकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend