सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देस छाडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देस छाडे

 

 

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पदबाट राजीनामा दिएर देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी काबुल नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने भएपछि राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेका हुन् । उनीसँगै उपराष्ट्रपति उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका थिए । दश दिनभित्रै तालिवानले प्रमुख सहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend