शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अफगानिस्थानमा फसेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फर्काउन राप्रपाको सरकारसँग माग

अफगानिस्थानमा फसेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फर्काउन राप्रपाको सरकारसँग माग

 

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानिस्थानमा फसेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गर्न सरकारसँग माग गरेको छ।
राप्रपाका अध्यक्ष पशुपति शमसेर जबरा,डा प्रकाशनचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै त्यहाँ गृहयुद्धको संभावना रहेको भन्दै जतिसक्दो चाँडो नेपालीलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन्।

अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ, विज्ञप्तिमा भनिएको छ।

यस्तै राप्रपाले बेलायती सेनामा काम गर्ने नेपालीमाथिको भेदभाव र असमानता पूर्णरुपले अन्त्य हुन सकेको भन्दै त्यसको अन्त्यका लागि बेलायत सरकारसँग माग गरेको छ। साथै राप्रपाले ति मागहरु पूरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend