काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मित्रराष्ट्र भारतको ७५औं स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदी, भारत सरकार र भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामनासमेत गरेका छन्।
‘भारतका ७५औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतलाई बधाई एवं शुभकामना दिन चाहन्छु,’ देउवाले ट्वीटरमा लेखेका छन्।
भारतले बेलायती उपनिवेशबाट मुक्त भएको १५ अगस्तलाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend