शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपाल समूहले गर्यो विराटनगरमा पनि अखिल फोर्स गठन

माधव नेपाल समूहले गर्यो विराटनगरमा पनि अखिल फोर्स गठन

 

काठमाण्डौं । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विराटनगरमा पनि अखिल फोर्स गठन गरेको छ । नेपाल समूहले शनिबार विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरेको हो ।

रोहित गौतमको संयोजकत्वमा ५१ सदस्यीय महानगरस्तरीय अखिल फोर्स गठन गरिएको हो । अखिल फोर्स विराटनगर महानगरको सहसंयोजकमा विक्रम सिंह चयन भएका छन् ।

नेपाल समूहका नेताहरूले समानान्तर कमिटी गठन गरेको नभई पार्टीका गतिविधि तथा संगठन बनाउन सुरु गरिएको दाबी गरेका छन् ।

नेपाल पक्षले मोरङका १७ वटै स्थानीय तहमा जनवर्गीय संगठन निर्माण गरिरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend