शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राजेन्द्र महतोले फेरी भने-बहुल राष्ट्रिय राज्यका लागि लडाईं लड्ने हो

राजेन्द्र महतोले फेरी भने-बहुल राष्ट्रिय राज्यका लागि लडाईं लड्ने हो

 

 

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे ।

बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाई लड्ने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेश तयार छ । पहाड र हिमालका जनतापनि तयार हुनुपर्‍यो’ उनले भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएपछि महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भनी अभिव्यक्ति दिँदा उनको भनाइ संविधान विपरीत भएको भन्दै आलोचना भएको थियो र उनले माफी मागेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend