काठमाण्डौं । मृगौला रोगीहरुले आज राजधानीमा पत्रकार सम्मेलन गरी आफना समस्याहरु पोखेका छन । राष्टिय मृगौला पीडित संघ नेपालको आयोजनामा भएको पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष राम बहादुर बोहोरा, सदस्यहरु भरत गुरुङ, बिजय नाथ भण्डारी ,उर्मिला पाण्डे, चन्द्र कुमारी सुनुवार लगायतले मृगौला रोगीहरुको तमाम समस्यामा सरकारले चासो देखाउनु पर्ने बताए । उनीहरुले मृगौला रोगीहरुको निशुल्क डायलाईसिस गर्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउन माग गरे । निशुल्क डायलाईसिस गर्ने भनिए पनि बिभिन्न बहानामा चर्को शुल्क तिर्न परेको गुनासो समेत उनीहरुले पोखे । मृगौला रोगीहरुको उपचार खर्च महंगो रहेको दुखेसो समेत पोखे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend