शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधब नेपाल निकटका एक युवा नेताले गरे यस्तो टिप्पणी, सुचि तयार भइसकेको तर घोषणा हुन मात्र बाँकी

माधब नेपाल निकटका एक युवा नेताले गरे यस्तो टिप्पणी, सुचि तयार भइसकेको तर घोषणा हुन मात्र बाँकी

 

काठमाडौं । माधब नेपाल निकटका युवा नेता राम प्रसाद रिजालले पार्टी विभाजनको बाटोमा पुगेको बताएका छन् । खबर बे्रकिङ संगको कुराकानीमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए ।

ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार समाप्त भएको उनको भनाई छ । नेता रिजालले ओलीले नै पार्टी एकता नचाहेको टिप्पणी गरेका छन् । उनले माधब नेपालले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरे । उनले लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने बताए ।

उनले माधब नेपाल पक्षको शक्तिशाली पाटीको् केन्द्रिय समितिका सदस्यहरुको सुचि तयार भइसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताए । तर केन्द्रिय समितिमा को को रहेका छन भन्ने बिषयमा भने रिजालले खुलाउन चाहेनन् । पाटी एकताको नाममा अब समय खर्च नगर्न दुबै पक्षलाई उनले आग्रह समेत गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend