सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मन्त्रिपरिषद् विस्तार नहुँदा मन्त्रालयका काम कारबाही ठप्पै

मन्त्रिपरिषद् विस्तार नहुँदा मन्त्रालयका काम कारबाही ठप्पै

डा डीआर उपाध्याय,

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान सक्ने बाटो तय गर्नु पर्छ । यसो गर्न सकेमा उनको कार्यकाल सफल हुन सक्छ । देउवाले जनतामा उत्साह भर्नका लागी लोकप्रिय कार्यक्रम ल्याउनु पर्छ । जनतामा शासकप्रति नकारात्मक भावना चुलिएको अवस्था छ । यसका लागि प्रधानमन्त्री र सत्ता गठबन्धन दलका सबै नेताले गम्भिरता पूर्वक सोच्नु पर्ने बेला भएको छ ।

नेपाल विद्युत् प्रधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः कुलमान घिसिङ आउनुले जनतामा उत्साह पैदा भएको छ । उनको नियुक्तिका बिषयलाई सकारात्मक रूपमा लिनुपर्छ । यो कार्यले हाम्रो मान्छे होइन, राम्रो मान्छे नियुक्ति भएको सन्देश गएको छ । कुलमानको नियुक्तिलाई सबैले स्वागत गरेका छन् । अब अन्य महत्वपूर्ण स्थानमा जिम्मेवारी दिँदा पनि यसरी नै हाम्रो मान्छे होइन, राम्रो मान्छेले स्थान पाउनु पर्छ । त्यसो भयो भने मात्र मुलुक बन्न सक्छ ।

प्रधानमन्त्रीले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रालयको काम कारबाही ठप्पै छ । नियमित प्रशासनिकबाहेक अन्य नीतिगत कार्य हुन सकिरहेका छैनन् । त्यसैले प्रधानमन्त्रीले अब छिटोभन्दा छिटो आफ्नो सरकारलाई पूर्णता दिन सक्नुृपर्छ । अहिले राजनीतिलाई व्यवसाय बनाएको छ । विकृत राजनीतिलाई सुधारको खाँचो छ । केही स्वार्थी तत्वहरू मन्त्री हुने दाउमा दल फेर बदल गरिरहेका छन । त्यस्ता स्वार्थी तत्वहरुको चंगुलबाट देउवा बच्नु पर्छ । प्रधानमन्त्री देउवाले त्यस्ता तत्वहरुको घेरा टोडन सकेनन् भने उनको कार्यकाल असफल हुने निश्चित छ ।

प्रधानमन्त्रीले आफ्नो टिम राम्रो बनाउन सक्नु पर्छ । विकास, समृद्धि र सुशासन कायम गर्ने कुरामा देउवाको बिशेष ध्यान जानु पर्छ । बिगतमा उनले मुलुकमा सुशासन स्थापना गर्ने कार्यमा खासै ध्यान दिइएनन् । उनलाई लाग्दै आएको आरोप हो यो । उनले राम्रा र असल व्यक्तिलाई राम्रो र प्रभावकारी जिम्मेवारी दिनु पर्छ । अब देउवाले भ्रष्टाचार, कमिसनतन्त्र, कालोबजारी, कुशासन रोक्न र महँगी नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ । प्रधानमन्त्री देउवाले जनताको भावनालाई आत्मसात् गर्नेगरी काम गर्नका लागी मन्त्रीपरिषदमा राम्रो टिम बनाएर जानु पर्छ । मुलुकलाई समृद्ध बनाउने महान् अभियानमा जनतालाई साथ लिएर सरकार अघि बढनु पर्छ । सरकारले अघि सारेको नीति तथा कार्यक्रमलाई कर्मचारीतन्त्रले जनताको घरदैलोमा पु¥याउन सकेका छैनन् । जसका कारण पनि सरकारको प्रभावकारिता बढ्न नसकेको हो । यस पक्षमा पनि प्रधानमन्त्री देउवाले विशेष ध्यान दिन जरुरी छ । जनतालाई प्रदान गर्ने सेवा, विकास प्रवाहको विषय, सुशासनको विषय, जवाफदेहिता, पारदर्शिता, यी सबै विषयले उच्च प्राथमिकता पाउनुपर्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend