शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेता–कार्यकर्तालाई जुरुक्क उठने गरी प्रचण्डले गरे यस्तो आह्वान

नेता–कार्यकर्तालाई जुरुक्क उठने गरी प्रचण्डले गरे यस्तो आह्वान

फाइल फोटो
काठमाण्डौ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन ।

आज शुक्रवार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीसहितको वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका हुन ।

सरकारलाई सफल बनाउनका लागि अबको चार महिना केन्द्रित हुन पार्टीका नेता–कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने , ‘यो चार महिनाको अवधिमा राजनीतिक रूपमा वामलोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरू सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्तिविरुद्धको सङ्घर्षलाई अघि बढाउने दिशामा अघि बढ्न अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ ।’

बैठकले भोलि शनिवारदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी सङ्घर्ष र कम्युनिस्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको सङ्घर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि वामलोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिस्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहाललाई राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend