काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अब उप्रान्त आफ्नो प्रशंसा गरिएका भिडियोहरु सामाजिक संजालमा नआउने बताएका छन ।
शुक्रबार आफ्नै निवासमा बसेको काँग्रैस केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको उत्तर दिँदै देउवाले आगामी दिनमा आफ्नो प्रशंसाका भिडियो नआउने बताएका हुन ।
उक्त खालका भिडियोबाट बच्न सुझाव दिएका एक नेतालाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले त्यस किसिमका भिडियो नबनाउन निर्देशन दिइसकेको बताए ।
देउवाले भने , ‘मैले उक्त भिडियो बनाउनेलाई रोक्न भनिसकेको छु। अब उप्रान्त यस्तो भिडियो आउँदैन।’
प्रधानमन्त्री शेरबहादुर देउवाकै सचिवालयबाट देउवा मलाई मनपर्छ भन्दै भिडियोहरु सार्वजनिक भएका थिए । उक्त किसिमका भिडियोहरुलाई लिएर नेपाली काँग्रेस मा चर्को आलोचना भइरहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend