काठमाण्डौं । स्वतन्त्र राजनीतिक समूहका संयोजक तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले फेरि प्रतिनिधि सभा विघटन हुने दाबी गरेका छन्।
नवलपरासीमा शुक्रबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री त्रिपाठीले नेपाली कांग्रेसको महाधिवेशन सकिए लगत्तै संसद् विघटन हुने र वैशाखमा मध्यावधि निर्वाचन हुने सूचना पाएको बताएका हुन्।
त्रिपाठीले भने, “धेरैबेर सरकार चलाइयो भने अलोकप्रिय भइन्छ भन्ने कांग्रेसलाई थाहा छ, त्यसैले उसले पनि संसद् विघटन प्रक्रिया शुरु गर्ला कात्तिक–मंसिरमा संसद् विघटन गराएर वैशाखमा चुनाव गराउने भित्री योजना छ।”
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहेका त्रिपाठीले सरकारको विषयमा टिप्पणी गर्ने बेला भने नभएको बताए। एक सय दिनसम्म ‘हनिमुन अवधि’ मनाउन दिनुपर्ने उनको भनाइ छ। यसअघिका प्रधानमन्त्री ओलीले ५ पुस २०७७ र ८ जेठमा गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले उल्ट्याएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend