आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । शनिबार सुरु हुने केन्द्रीय समिति बैठक अघि आज शुक्रबार ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्ने नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको नेता देव गुरुङले जानकारी दिए । यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक सारेर शनिबारका लागि पुर्याइएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend