काठमाडौं । नेकपा एमाले माधब निकटका युवा नेता राम प्रसाद रिजालले पार्टी एकताको सम्भावना लगभग समाप्त भएको बताएका छन । केपी शर्मा ओलीको पछिल्लो बैठकका निर्णयले पार्टी एकताको सम्भावना अन्त्य भएको खबर बे्रकिङ संगको कुराकानीमा युवा नेता रिजालले यस्तो बताएका हुन ।
उनले भने, “ हाम्रो पक्षबाट पार्टी एकताका लागि केन्द्रीय कमिटी सदस्यहरूको बैठकले १० बुँदे सहमतिलाई आधार मानेर सम्मानजनक एकता गर्ने निर्णय गरेका थियो । त्यसलाई ओलीले रेस्पोन्स नै गरेनन् । बरु, पार्टीमा नआए हुन्थ्यो भन्ने देखाए । ओलीले पार्टीलाई निरंकुश बनाउने हिसाबले विधान संशोधनको प्रस्ताव ल्याएका छन् । त्यसले ओली पार्टी एकताको पक्षमा छैनन् भन्ने देखियो । अब एकताको सम्भावना क्षीण भयो ।” ओलीले एकता नचाहेको र उनका निर्णयहरुले एकताको विषय अन्त्य गरेको नेता रिजालको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend