आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

 

 

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना हुँदासमेत सरकारलाई पूर्णता दिन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारलाई पूर्णता दिने विषयमा लामो छलफल भएको हो। सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच दैनिकजसो भेटवार्ता हुने गरेको छ।

देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए। सरकार गठन भएको एक महिनासम्म पनि सरकारलाई पूर्णता नदिएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ। सत्ता गठबन्धनबीच कुरा मिल्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन।

प्रधानमन्त्री देउवा आफ्नो पार्टीको महाधिवेशनको नयाँ मिति तय भएपछि मात्रै सरकारलाई पूर्णता लिने पक्षमा छन्। तोकिएको समयमा महाधिवेशन हुन नसक्ने भएपछि कांग्रेसभित्र महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा आज बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय लिनसक्ने बताइएको छ। पार्टीभित्रको विवाद र अन्य सत्ता गठबानधनका दललेसमेत मन्त्री चयन गरिनसकेकाले सरकारले पूर्णता पाउन केही दिन लाग्ने बताइएको छ।

उता देउवा सरकार गठनमा निर्णायक भूमिका खेलेको एमाले वरिष्ठ नेता माधव नेपाल समूहलाई पनि सरकारमा सहाभागी गराउने प्रयास भइरहेको छ। बिहीबार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारलाई चाँडै पूर्णता लिने विषयमा छलफल भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend