सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

त्रिविका ५० हजार बढी परीक्षार्थीले कोभिडविरुद्धको खोप पाउने

त्रिविका ५० हजार बढी परीक्षार्थीले कोभिडविरुद्धको खोप पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त कलेजहरुका परीक्षा दिने विद्यार्थीले कोभिड(१९ विरुद्धको खोप पाउने भएका छन् ।

बुधबार स्वास्थ्य सचिवस्तरीयको बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय गरेको हो । परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले प्रवेश पत्रका आधारमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यलयले त्यसको व्यवस्था गर्ने बताए ।

त्रिविअन्तर्गत तत्काललाई ५० हजार बढी विद्यार्थी परीक्षा दिने तयारीमा रहेको जानकारी आएको शर्माले जानकारी दिए । विद्यार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिने व्यवस्था गर्ने निर्णय भएको प्रस्ट पारे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend