काठमाण्डौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुधबार राजीनामा बुझाएको आन्तरिक मामिलामन्त्री चेतनारायण आचार्यले जानकारी दिए।
पोखरेलविरुद्ध प्रदेशसभामा विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि आजको प्रदेश सभा बैठकमा छलफल हुने कार्यक्रम थियो।
शंकर पोखरेल ३ फागुन २०७४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तत्कालीन नेकपाबाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेपछि र एमालेका दुई प्रदेश सांसद्ले राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए। माओवादी केन्द्र सहितको विपक्षी गठबन्धनबाट कुलप्रसाद केसी मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend