शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रदेश प्रमुख शेरचनलाई भेट्न पुगे शंकर पोखरेल

प्रदेश प्रमुख शेरचनलाई भेट्न पुगे शंकर पोखरेल

 

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

उनीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने कार्यसूची आज रहेको अवस्थामा उनी प्रदेश प्रमुखलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त प्रदेशसभाबाट उनले विश्वासको मत नपाउने देखिएपछि सो अघि नै राजीनामा दिन लागेको चर्चा समेत भएको छ । त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखलाई भेट्न गएको पुष्टि गरे । तर राजीनामा दिन लागेको बारे भने उनले केही बताउन चाहेनन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend