शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बाबुराम भट्टराईले कुलमानको नियुक्तिको विषयमा प्रश्न उठाउँदै प्रचारबारे पोखे असन्तुष्टि

बाबुराम भट्टराईले कुलमानको नियुक्तिको विषयमा प्रश्न उठाउँदै प्रचारबारे पोखे असन्तुष्टि

 

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको विषयमा प्रश्न उठाएका छन। घिसिङको पुनः नियुक्ति स्वागतयोग्य भएपनि प्रचारबारे असन्तुष्ट व्यक्त गरेका हुन ।

भट्टराई कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग , असहयोग र कसको विरोध भन्न जरुरी नरहेको दाबी गरे । उनले कस्ता दिन आए भन्दै व्यङ्यसमेत गरेका छन ।

उनले ेलेखेका छन, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ बधाइ तर उनको नियुक्तिमा कसको प्रस्ताव,कसको सहमति,कसको सहयोग,कसको असहमति,कसको असहयोग,कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छरु कस्ता दिन आए‘।’

घिसिङको नियुक्ति नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव, प्रधानमन्त्री शेरबहादुर देउवाको सहमति र ऊर्जामन्त्री पम्फा भुषालको सहयोग भन्ने समाचार आउन थालेपछि भट्टराईले असन्तोष्ट व्यक्त गर्नुभएको हो। आन्तरिक विवाद हुँदा सरकारमा जसपाले हालसम्म मन्त्रि पठाउन सकेको छैन।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend