शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओलीको टाङमूनि छिर्न खोज्नेहरू सकिन्छन, माधव नेपाललाई विचलित नहुन अनुरोध

ओलीको टाङमूनि छिर्न खोज्नेहरू सकिन्छन, माधव नेपाललाई विचलित नहुन अनुरोध

 

 

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षका प्रभावशाली युवा नेता रामप्रसाद रिजालले केपी ओलीको टाङमुनि पार्टी एकताको नाममा कोहि नछिर्न आग्रह गरेका छन । वरिष्ठ नेता नेपाललाई युवा नेता रिजालले विचलित नहुन अनुरोध गर्दै हामीहरु जस्ता नयाँ पुस्ताको तपाइलाई साथ सहयोग रहेकोले केही कुहिएका आलुहरु ओलीको कित्तामा जादैमा आकाशै खस्यो की भन्दै आत्तिहाल्नू पर्दैन झन पार्टी मजबूत हुन्छ भनेका छन ।

युवानेता रिजालले आफूहरू सँग पार्टी नेतृत्वले विश्वास गरे कुशल ढ़गले संगठन विस्तारलाई देशव्यापी रूपमा तिव्र बनाएर नेता नेपालको नेतृत्वमा पार्टीलाई पहिलो तथा महत्वपूर्ण शक्तिको रूपमा स्थापित गर्न म लगाएत तेस्रो पुस्ताका युवा नेताहरू तयार रहेको बताउदै आफुहरूको भूमिकालाई पार्टी मा फराकिलो बनाउन युवा नेता रिजालले वरिष्ठ नेता नेपाल सँग माग समेत गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend