शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालको नेतृत्वमा नयाँ पार्टी घोषणा हुने

माधव नेपालको नेतृत्वमा नयाँ पार्टी घोषणा हुने

 

 

नेकपा एमाले माधब निकटका युवा नेता राम प्रसाद रिजालले अबको २, ४ दिनमै माधव कुमार नेपालको नेतृत्वमा नयाँ पार्टी घोषणा हुने बताएका छन । उनले नेपाल समूह सरकारमा सहभागी हुने जानकारी समेत दिए । ओलीले पार्टी एकताको ढोका बन्द गरिसकेकोले एमाले एकताको च्यापटर समाप्त भैसकेको उनको भनाई छ ।

ओलीको नियत एमाले पार्टी एकता नगर्नै भएकोले एकताको नाममा धेरै बेर नअल्मिन वरिष्ठ नेता माधव कुमार नेपाललाई समेत अनुरोध गरेका छन ।

उनले भने -‘ओलीले पार्टीलाई एकताबद्ध बनाउन खोजेका छैनन त्यसैले ओलीको जालमा नफस्न नेपाल खनाल पक्षका नेताहरुलाई अपील गर्दछु र ओली बिनाको वृहत कम्युनिस्ट पार्टी बनाउने अभियानमा सरिक हुन सवैलाई हार्दिक अपील गर्दछु । नेपाल र खनाल एमाले पार्टीमा रहे आफ्नो वर्चस्व गुम्ने डरले ओलीले नेपाल र खनाललाई एमाले पार्टीमा प्रदेश निषेध गरेको ओलीको गतिविधिले देखाईरहेको छ ।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend