काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अब कसैको टाङमुनि छिरेर बस्न नसकिने बताएका छन । उनले अब कसैसँग पनि हेपिएर नबस्ने बताए। मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका हुन् ।
नेपालले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहने आफ्नो अठोट रहेको बताए । नेता नेपालले आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने बताए । उनले अहिले दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता रहेको धारणा राखे ।
नेपालले कर्णाली प्रदेश सभा सदस्य पदबाट मुक्त भएका चार सांसदलाई उपनिर्वाचन मार्फत फेरि जिताएर ल्याउने दाबी गरे । कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend