काठमाडौँ । प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफू मूल ढोकाबाट फेरि सरकारमा आउने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू असाधारण जनमतका साथ मूल बाटोबाट आउने बताएका हुन् ।
म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,ु ओलीले भने ।उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताए ।
ुमलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएका हुन्,ु उनले भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend