काठमाडौं । नेकपा एमालेले अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव तयार पारेको छ । महाधिवेशनले अध्यक्ष र महासचिव निर्वाचित गर्नेछ भने चुनिएका केन्द्रीय सदस्यले बाँकी पदाधिकारी चयन गर्ने व्यवस्था स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गर्दैछ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले यस्तो निर्णय गरेको हो जहाँ वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको उपस्थिति थिएन ।
संशोधनका लागि प्रस्ताव गरिएको विधानमा पोलिट्ब्युरो र वैकल्पिक केन्द्रीय सदस्य रहने छैनन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend