सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनचाँदीको मूल्य ह्वातै घट्यो

सुनचाँदीको मूल्य ह्वातै घट्यो

 

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ । गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ । गत शुक्रबार बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend