शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

म निकै मानसिक तनावमा छुः प्रदेश सभा सदस्य विमला वली

म निकै मानसिक तनावमा छुः प्रदेश सभा सदस्य विमला वली

 

 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा आएपछि प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) पहिलोपटक दाङ क्षेत्र नं। ३ को पार्टीको विस्तारित बैठकमा सहभागी भएकी छिन् । शुक्रबार तुलसीपुरमा भएको भेलामा उनले आफू यता आउँदा धेरै खुसी भएको र साथसाथै निकै मानसिक तनावमा रहेको बताएकी छिन् ।

उनले हाल बाहिर धेरै भ्रम छर्ने कुराहरू भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न पनि आमनेता तथा कार्यकर्तालाई अनुरोध गरेकी छिन् । ‘अहिले बाहिर धेरै भ्रमपूर्ण कुराहरू आइरहेका छन्,’ उनले भनिन्, ‘यसमा तपाईंहरू भ्रममा पर्नुहुन्न भन्ने विश्वास छ । अब जनताको अगाडि कसरी जाने भन्ने कुरामा तपाईंहरूको साथ र सहयोग चाहिन्छ । अहिले म निकै मानसिक तनावमा पनि छु ।’

गएको साउन १५ गतेदेखि पार्टीको सम्पर्कभन्दा बाहिर रहेकी वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखिएको बताएकी थिइन् । यसअघि विमला यसरी पार्टीको कार्यक्रममा सहभागी भएकी थिइनन् । नयाँ पत्रिकाबाट

#विमलाकुमारी खत्री (वली)

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend