शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

भदौ १६ मा महाधिवेशन गर्न सकिने अवस्था छैनः प्रधानमन्त्री देउवा

भदौ १६ मा महाधिवेशन गर्न सकिने अवस्था छैनः प्रधानमन्त्री देउवा

 

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमा पार्टीको १४औं महाधिवेशन गर्न सकिने अवस्था नरहेको बताएका छन्।

शुक्रबार साँझ तेस्रो पुस्ताका नेताहरुलाई देउवाले १४औं महाधिवेशनको मितिको सन्दर्भमा विकल्पको खोजी भएको बताए। सभापतिको अभिव्यक्ति उधृत गर्दै भेटमा सहभागी नेता बद्री पाण्डेले भने, ुमहाधिवेशन हुने अवस्था देखिएको छैन। पार्टीको वैधानिकताको बारेमा निर्वाचन आयोगसँग पनि कुरा हुन्छ। जे हुन्छ, पार्टीमा सबैको सहमतिबाट हुन्छ।ु

केन्द्रीय समितिको बैठक अघि नै आयोगसंग आन्तरिक छलफल गरेर निष्कर्षमा पुगिने देउवाले युवा नेताहरुलाई जानकारी दिए। महाधिवेशन समयमा हुन नसक्नुमा कोरोना कारण रहेको देउवाले बताएका थिए।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग समय लिएर युवा नेताहरु उनलाई भेट्न बालुवाटार पुगेका थिए। नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव लगायत बालुवाटार पुगेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend